एजेन्सी । वारिस पञ्जाब दे’का प्रमुख तथा खालिस्तान अभियानकर्ता अमृतपाल सिंहको खोजीकार्य सुरु भएको १३ दिन भइसकेको छ । अपहले सम्म उनको खोजीकार्य जारी छ । अमृतपाल होसियारपुरमा रहेको आसंका बढेपछि अहिले उनको खोजी ड्रोनको सहायतामार्फत भइरहेको छ । अमृतपाल उत्तराखण्डबाट आएपछि जालंधरका
कपुरथला नजिकै रहेको शिविरमा लुकेर बसेका थिए । मृतपालले बुधवार सार्वजनिक गरेको सन्देश भिडियो नेपालसंग सिमा जोडिएको उत्तर प्रदेशको क्षेत्रमा सुटिङ गरिएको भास्करले उल्लेख गरेका छन् ।
दैनिक भास्करका अनुसार सो भिडियो भिडियो देश बाहिरबाट प्रसारण गरिएको थियो । प्रहरीले क्यानडा, बेलायत र दुबईका तीनवटा आईपी ठेगाना पत्ता लगाएको छ। यी देशका भिडिओ इन्टरनेटमा राखिएका थिए।
बुधबार सार्वजनिक गरिएको भिडिओमा अमृतपालले पक्राउ पर्ने विषयमा कति पनि नडराएको बताएका छन् । १८ मार्चमा वाहेगुरुको कृपाले म बचेर भाग्न सफल भएको उनको बताएका छन । यसो भन्दै अमृतपालले एउटा कपाल पनि बांगो पार्न सक्दैन उल्लेख गरेका छन् ।
अमृतपालले आत्मसमर्पणका लागि ३ सर्त राखेका छन्। जसमा उनले आफूलाई कुटपिट हुन नहुने, पञ्जाब जेलमा राखिनुपर्ने र आत्मसमर्पणलाई पक्राउ नभनिनुपर्ने भनेका प्रहरी स्रोतले जनाएको छ ।




