काठमाडौं । नागरिकको स्जास्थ्यमा ख्याल नराखि बजारमा विषादियुक्त तरकारी तथा फलफुलहरुको वितरण भइरहेको छ । नाफा कमाउने उदेश्यले व्यापारीहरुले छोटो समयमा नै उत्पादन पाउनका लागि तरकारी तथा फलफूलमा प्रचुरमात्रमा विषादी प्रयोग गरेका हुन्छन् । तर त्यसबाट मानब स्वास्थ्यमा पर्न गएको असरबारे कोही जानकार छैनन् । ग्राहकले बजारमा सामान किन्न जाँदा विषादी हालेको फलफूल तथा तरकारी थाहा पाउन मुस्किल हुन्छ । त्यसका लागि संम्बन्धित निकाय लगायत नेपाल सरकारले नै यसका लागि नीति बनाएर नै विषादीबिहीन तरकारी तथा फलफूलको प्रयोगमा ध्यान दिनुपर्छ । मानब स्वास्थ्यका दृष्टिकोणले विषादीयुक्त खानेकुरा हानिकारकर हुन्छन् । त्यसैले विषादीबिहीन खानेकुरा बजारमा प्रसोधन गरेर ल्याउने वातावरण अब सरकारले मिलाउनु जरुरी छ ।
नेपालकै सन्र्दभमा भन्नुपर्दा कुन विषादी कसरी गर्ने र के का लागि प्रयोग गर्ने भन्ने वारेमा न्यनतम कृषकहरुलाई मात्र थाहा छ । कृषकको उत्पादन वृद्धिका लागि किट्नासक औषधि किराहरु नियन्त्रणका लागि प्रयोग गर्नु ठिकै हो । तर फलफूल तरकारीहरु छिटोसमयमा उत्पादन गर्नकै लागि रसायनिक केमिकल प्रयोग गर्नु भने उचित विषय होइन् ।
यस्तै नेपाल भन्दा बाहिरबाट आएका फलफूल तथा तरकारीहरुमा अधिकतम विषादी प्रयोग गरेको हुन्छ । त्यसैले लामोसमय सम्म नरहने, जुन फलफूलबाट पाउनुपर्ने तत्व हो त्यो नास भएको हुन्छ । त्यसैले मानव स्वास्थयमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा असर पर्दछ । यसको नियन्त्रणमा हरेक ठाँउमा चेकजाँच गर्ने र विषादीबिहीन बस्तुको मात्र प्रयोगको मात्रालाई बढाउनुपर्नेमा संम्बन्धित निकायको ध्यान जानु आवश्यक छ । ध्यान जानुपर्दछ । यस्ता किसिमका प्रतिकुल खानेकुराले एक जनाको स्वास्थ्यमा मात्र असर गरेको हुँदैन समग्ररुपमा सबैको स्वास्थ्यमा समकालिन र दिर्घकालिन असर पर्ने भएकाले अब नेपाल सरकारले विषादीयुक्त फलफूल तथा तरकारीमा प्रतिबन्ध लगाएर अर्गानिक बस्तुको प्रयोगमा जोड दिनुपर्छ ।
विषादीयुक्त तरकारी तथा फलफूल हेर्दा नचिनिने भएकाले विषादीको मात्रा थाहापाउन सकिने प्रविधको प्रयोगमा जोड दिनु आवश्यक छ ।




