समाचार

सन्दीपलाई भेट्न चर्चित पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान नेपालमा

काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा सन्दीपलाई भेट्न रिजवान आइतबार नेपाल आएका थिए ।

सन्दीपलाई रिजवानले आइतबार नै भेटेर हौसला प्रदान गरेका छन् । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट नेपाल आइपुगेको बुझिएको छ ।

पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग सन्दीपको सम्बन्ध राम्रो भएको थियाे । रिजवान अहिले टी-२० क्रिकेटमा सर्वाधिक सफल ब्याटरमा पर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *