खेलकुद

बंगलादेश नेपाली यू–२० महिला फुटबल टिम प्रस्थान

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बुधबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।

ढाकामा दुई दिनपछि सुरु च्याम्पियनसिप फेब्रुअरी ९ सम्म आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज नेपाली टोलीलाई बिदाइ गरेको हो ।

साफ यू–२० महिलाच्याम्पियनसिपमा नेपालसहित चार राष्ट्रको सहभागिता रहने भएको छ जसमा नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय टिमकी सदस्य प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा यामबहादुर गुरुङ छन् ।

प्रशिक्षक र कप्तान दुवैले च्याम्पियनसिपमा नेपाल राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । नेपालले अहिलेसम्म यो उमेर समूहमा उपाधि जित्न सकेको छैन । त्यसैले पनि उपाधि जित्नु नेपालका लागि चुनौतीपूर्ण नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *