कर्णाली । कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ।
आज दिउँसो बसेको एमाले–माओवादी दलको बैठकले यस्तो निर्णय गरेको हो ।
एमाले एक सांसदले भने, ‘दुई दलबीच बसेको बैठकले दुई दलबीच आधा – आधा कार्याकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।’
सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने समेत उनले बताएका छन् ।




