राजनीति

कर्णाली प्रदेशमा माओवादी र एमालेवीच आधा–आधा कार्यकाल सरकार चलाउने निर्णयप्रति सहमति

कर्णाली । कर्णाली प्रदेशमा नेकपा एमालेको अडानपछि अन्ततः माओवादी केन्द्रसँग आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ।

आज दिउँसो बसेको एमाले–माओवादी दलको बैठकले यस्तो निर्णय गरेको हो ।

एमाले एक सांसदले भने, ‘दुई दलबीच बसेको बैठकले दुई दलबीच आधा – आधा कार्याकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ।’

सहमतिपछि माओवादी दलका नेता राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने समेत उनले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *