खेलकुद

बोर्नमाउथमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई पराजति गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजति गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो, लुक शाह र मार्कश राशफोर्डले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १७ खेलमा ३५ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । युनाइटेड १८ खेलमा ३५ अंक रहेर तेस्रो स्थानमा रहेको न्यूक्यासल युनाइटेडसँग बराबर अंक भएपनि गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ ।

त्यस्तै बोर्नमाउथको १८ खेलमा १६ अंक छ र लिगमा १५औं स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *