समाचार

टी–२० लिगबारे छानविन गर्न पारस खड्काको माग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल टी–२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’बारे छानविन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेपाली क्रिकेटले विभिन्न आरोप अवरोह पार गरेर अहिलेसम्म आइपुगेको भएपनि म्याच फिक्सिङ भएको खबर सार्वजनिक हुनु दुःखदायी भएको खड्काले बताएका छन् ।

उनले भनेका छन्,‘नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचडावकै बीच Nepal T-20 League मा SPOT FIXING जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको बर्षौं देखिको लगाव , खेलप्रेमीहरुको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस ।’

नेपाल टी–२० लिगमा भएको भनिएको फिक्सिङबारे छानविन गर्न गृहमन्त्री रवि लामिछानेलाई प्रहरीलाई निर्देशन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *