काठमाडौं । चर्चित अमेरिकी र्यापर टेकअफको गोली हानी हत्या गरिएको छ।
टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।
२८ वर्षीय टेकअफको वास्तविक नाम कर्स्निक खारी बल हो । उनी सांगीतिक समूह मिगोसका सबैभन्दा कान्छा सदस्य हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।




