समाचार

गंगा सागरमा आरजु राणाको छठ पूजा

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् ।

आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् ।

आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *