समाचार

साउदीद्वारा पाकिस्तानमा एक अर्ब डलर लगानी गर्ने घोषणा

साउदी अरेबियाले आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । साउदी अरबको विदेश मन्त्रालयले ट्वीटर मार्फत यो घोषणा गरेको हो ।

साउदीका राजा सलमानको निर्देशनअनुसार उक्त लगानीको घोषणा गरिएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको खस्कदो आर्थिक अवस्थामा सुधार ल्याउन उक्त लगानी गर्न लागिएको साउदी विदेश मन्त्रालयले ट्वीटरमा उल्लेख गरेको छ । यससम्बन्धी जानकारी बिहीबार नै पाकिस्तानका विदेशमन्त्रीलाई दिइएएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *