काठमाडौं । अर्घाखाँची अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले अर्घाखाँचीबासीको मायाले आफू फेरि अर्घाखाँची फर्किएको बताए ।
भरतपुरबाट सरुवा भई अर्घाखाँची आएका तिवारीले गुणास्तरिय स्वास्थ्य सेवा आफ्नो प्राथमिकता भएको बताए । यसको लागि सबैको सहयोग आवश्यक रहेको उनको जोड थियो ।
दुई वर्षअघि अर्घाखाँचीबाट सरुवा भई भरतपुर जानुभएका डा. तिवारी फेरि अर्घाखाँची आउनुभएपछि प्रारम्भिक प्रतिक्रिया दिँदै नमुना अस्पताल बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गरे ।
विशेषज्ञ डाक्टरहरूको सेवा थप गर्न पहल गर्ने बताएका तिवारीले अस्पतालप्रति राजनीतिक नेतृत्वको ध्यान कम पुगेको अनुभूति आफूले गरेको समेत उल्लेख गरे । तिवारीले सबैको सक्रियतामा अस्पतालको सुधार गर्न सकिने बताए ।
वर्ल्ड बैंकको लागि आफूले सक्दो पहल गर्ने उनको भनाई छ । ‘मैले अस्ति नै रेडक्रस प्रमुख र नगरप्रमुखसँग अनुरोध गरेको छु,’ तिवारीले भने ।
आर्थिक अभावमा उपचार विहीन कसैले अनुभूति गर्न नपाउन भन्नेमा आफू संवेदनशील रहेको तिवारीले बताए ।




