काठमाडौं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सकिने क्रममा पुगेको छ ।
सैद्धान्तिक छलफल सकिएर मन्त्रालयगत छलफल समेत सकिने क्रममा पुगेको हो । मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने क्रम सकिएको छ । भने प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा आठ जना मन्त्रीले बजेट २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
सोमबारको बैठकमा कानुन, युवा, श्रम, वन, सहरी विकास, भूमिव्यवस्था, महिला र कृषि तथा पशुपंक्षी विकास मन्त्रीले जवाफ दिने सम्भावित कार्यसुची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।




