काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन नपाइनेगरी सर्वाेच्च अदालतले गरेकाे फैसलाकाे विराेध गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा भएकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै उनले भनेका छन्, ‘कतै हामी अरु नै चिजबाट प्रभावित भएका छैनाैँ । विकासकाे अभियन्ता हामी सबै हुनुपर्ने हाे ।
तर कस्ताे देश बनेछ हाम्राे ? हामीले झन्डै एक दशक अध्ययन गरेर निजगढ विमानस्थल बनाउने भन्याैँ तर, त्यसलाई बनाउन नपाइनेगरी निर्णय भएकाे सुनेँ । याे दुखद्पूर्ण छ ।’




