समाचार

चुनाव जित्ने सम्भावना देखिएपछि पोखराका निर्वाचित मेयरद्धारा प्रदेशबाट बजेटको माग

काठमाडौं । एमालेको गढ मानिएका पोखरा महानगरका वडाहरूमा गणना चलिरहेको थियो । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैको ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ । यस्तै अन्योलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार काठमाडौं गए । पोखराका प्रमुख योजनाहरू संघ सरकारलाई बुझाए ।

विशेषगरी ल्याण्डफिल साइट स्थानान्तरण गर्न उनको माग छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न ल्याण्डफिल हटाउनुपर्ने पहिलो सर्त छ । अघिल्लो जनप्रतिनिधिले ५ वर्षे कार्यकालमा गर्न नसकेको ल्याण्डफिल सार्ने योजनामा अहिले गठबन्धन उम्मेद्वारले पहिलो चासो दिए ।

त्यहाँबाट ल्याण्डफिल सारेर आवश्यक बजेट मागेको एकीकृत समाजवादीका आचार्यले बताए । ञपोखराको प्रमुख चिन्ता ल्याण्डफिल हो । यो सार्नुपर्छ,झ उनले भने, ञअहिले संघ सरकारले बजेट बनाउँदै छ। यही वर्ष बजेट नहाले ढिलो हुन्छ । त्यसैले अर्थमन्त्रीसँग आग्रह गरेर आएको छु ।झ

उनले पोखरालाई पर्यटकीय राजधानी घोषणाको माग राखेर आएका छन् । ञपोखरा पर्यटनको राजधानी हो । मौखिक रुपमा सबैले भनेका छन्, तर आधिकारिक घोषणा किन नगर्ने उनी भन्छन्, ञयसपालि नीति तथा कार्यक्रममा यो एजेण्डा राख्नुपर्छ भनेको छु । सायद सम्बोधन हुन्छ ।झ

पोखरामा मतगणना जारी छ । अब तीन हजार मत गन्न बाँकी छ । चुनाव जित्ने पक्का भएकै कारण आफू काठमाडौं पुगेर बजेट छुट्याउन आग्रह गरेको उनले बताए । आचार्यले अहिले चुनाव जितिसकेका छन् । गणना गर्न बाँकी मतभन्दा उनको अग्रता बढी भएपछि चुनाव जितेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *