स्थानीय तह निर्वाचन-२०७९

रौतहटमा मतपेटिका लुटने बैठा पक्राउ

रौतहट । रौतहटमा बैसाख ३० गते मतदान चलिरहेका बेला मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । रौतहटको यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका-२ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो । एक समूहले मतदान स्थगित भएको अवस्थामा मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएको थियो ।

प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *