काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यका अनुसार प्रमुखमा कांग्रेसबाट महेश थपलिया र उपप्रमुखमा एमालेबाट महेश्वरा बज्राचार्यले विजयी हासिल गरेका छन् ।
प्रमुखमा निर्वाचित थपलियाले सात हजार ६३४ मत ल्याउँदा पराजित जितबहादुर घिमिरेले ५ हजार ५८९ मत मात्र प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा विजयी एमालेकी बज्राचार्यले ६ हजार ३८५ मत ल्याउँदा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का दिव्य बरालले ५ हजार १४७ मत प्राप्त गरेका छन, । ।




