नुवाकोट । नुवाकोटको सूर्यगढी वडा नं २ मा नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ। कांग्रेसका उम्मेदवार दिपक अधिकारीले ६८२ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानबहादुर तामाङले ४२९ मत ल्याएका थिए।
माओवादीबाट वडाध्यक्षका प्रत्यासी रमेश तामाङले २४७ मत ल्याएका छन्। पालिकामा माओवादी र एकीकृत समाजवादीबीच तालमेल भएको थियो।
त्यस्तौ, महिला सदस्यमा कांग्रेसकि बिनिता खड्का प्याकुरेलले ६०९ मत, दलित महिला सदस्यमा सीतादेवी नेपाली ६१७, सदस्यमा सादुराम लामिछाने ६०४ र अर्का सदस्यमा रामबहादुर तामाङ ५८६ मत ल्याएर विजयी भए। ०७४ को निर्वाचनमा कांग्रेसले नै वडा अध्यक्ष जितेको थियो।




