समाचार

बझाङको साइपाल गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाडौ । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।  अध्यक्षमा विजयी  एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार  धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन्। 

वडा तर्फ १ मा  एमालेका नरेन्द्र धामी प्यानलसहित विजयी भएका छन् । वडा नम्बर २ मा गठबन्धनबाट कांग्रेसका हरिलाल बोहरा बिजयी भएका छन्। वडा नम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्। वडा नम्बर ४ मा गठबन्धनबाट काँग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडा नम्बर ५ मा एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *