समाचार

सप्तकोसी नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

काठमाडौं । सप्तरीको सप्तकोसी नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार कृष्णप्रसाद ढकाल र उपमेयर रिता कुमारी चौधरीले अग्रता लिएका छन् । ५ सय ५० मतगणनाको मतपरिणामअनुसार कांग्रेस उम्मेदवारले २ सय ५६ र कांग्रेसकै उपमेयरले २ सय ४३ मत प्राप्त गेका छन्।

एमालेका उत्तमकुमार शर्माले १ सय ५६,  माओबादी केन्द्रका रबिन्द्र चौधरीले ६१, एकीकृत समाजबादीका नारायण प्रसाद आचर्यले ३९ र  राप्रपाका सिताराम भट्टराईले २५ मत प्राप्त गरेका छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *