समाचार

ओत लागेर भोट

काठमाडौं । हिमाली जिल्ला मुगुमा वर्षा भएकाे छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेकाे छ ।

ओतका लागि पाल टाँगिएकाे छ । 

चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *