काठमाडौं । जारी आइपीएलमा ५ पटकको विजेता मुम्बई इन्डियन्सले नवौं हार व्यहोरेको छ ।
खराव लयमा रहेको मुम्बई आज भएको खेलमा कोलकता नाइट राइडर्ससँग ५२ रनले पराजित भएको हो । ११ वटा खेल खेलेको मुम्बईले अहिलेसम्म दुईवटा मात्रै जितेको छ । भने आजसहित ८ वटा म्याचमा पराजित भएको छ ।
आज भएको खेलमा कोलकताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ११३ रन मात्रै बनाउन सकेको हो । मुम्बईका लागि इशान किसानले सर्वाधिक ५१ रनको पारि खेले ।
बलिङतर्फ मुम्बईका जसप्रित बुमराह एक्लैले ५ विकेट लिएपनि व्याटिङ लाइन नचल्दा पुरै ओभर पनि खेल्न पाएन । आजको खेलमा पराजित भएसँगै मुम्बईको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।




