काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघ बीचको विवाद समाधानका लागि ९ सदस्यीय उप समिति गठन गरिएको छ । वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलका अनुसार उक्त समितिको प्रतिवेदनका आधारमा अघि बढ्ने सहमति भएको छ ।
आन्तरिक हवाई उडानको सम्बन्धमा आन्दोलित बनेको वायु सेवा सञ्चालक संघ र प्राधिकरणका प्रतिनिधिबीच वार्तामा भएको थियो । प्राधिकरणले पाँच वटा हवाई कम्पनी र वायु सेवा सञ्चालक संघका प्रतिनिधिसँग वार्ता गरेको संघका प्रवक्ता योगराज कँडेलले बताए ।
आन्तरिक उडानलाई दैनिक १८ घण्टा सञ्चालन गर्नेगरि प्राधिकरणले वैशाख १४ गते हवाई कम्पनीहरुलाई नयाँ तालिकासहित स्लट पठाएसँगै कम्पनीहरु आन्दोलित भएका थिए । संघले बिहीबार नै विज्ञप्तिमार्फत माग पुरा नभए आन्तरिक उडान बन्द गर्ने समेतको चेतावनी दिएको थियो ।




