काठमाडौं । दाङमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ बस्ने २९ वर्षीय दीपक वली रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय लुम्बिनीका अनुसार घोराही उपमहानगरपालिका–१८ मुसलवान डाँडाबाट प्रहरीले ४ सय ८० मिलिग्राम ब्राउन सुगरसहित वलीलाई शनिबार पक्राउ गरेको हो ।
प्रहरीले मुसलवान डाँडामा ब्राउन सुगर बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ ।




