समाचार

आइपिएलमा वैगलोरको लज्जास्पद पराजय

काठमाडौं । आइपिएलमा रोयल च्यालेञ्जर्स वैगलोरले लज्जस्पद पराजय व्यहोरेको छ ।

वैगलोरलाई सनराइजर्स हैदरावादले ९ विकेटले पराजित गरेको हो । वैगलोरले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्रै बनाएको थियो । वैगलोरका विराट कोहली, दिनेश कार्तिक र अनुज रावत शुन्य रनमा आउट भए ।

जवाफी व्याटिङमा हैदरावादे १ विकेट गुमाएर ८ ओभरमै लक्ष्य भेटाएको हो । हैदरावादका कप्तान केन विलियम्सनले नटआउट १६ रन बनाउँदा अभिषेक शर्माले ४७ रन बनाए । राहुल त्रिपाठी ७ रनमा अविति रहे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *