समाचार

जनकपुर उपमहानगरपालिका जसपाको भागमा परेपछि कांग्रेसमा असन्तुष्टि

काठमाडौं । पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा भागबण्डा गर्दा जनकपुर उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई परेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ ।

असन्तुष्टमध्येका जनकपुर उपमहानगरपालिका कांग्रेस सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिएका छन् ।

उनले उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा पनि गरे । उनले भने ,‘पार्टीले गठबन्धनका दलहरूबीच तालमेलको नाममा भागबण्डा गर्दा जसपालाई मेयर दिनेगरि जुन निर्णय गर्यो सरासर गलत छ ।

र, पार्टी नेतृत्वलाई बारम्बार ध्यानाकर्षण गराउँदा सम्बोधन नभएपछि पार्टी जिल्लाको निर्णयअनुसार स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेको हुँ ।’ पार्टीको गलत निर्णयलाई समर्थन गर्न नसक्ने भएरै पदबाट राजीनामा दिएको स्पष्ट पारे । उनले ३० वैशाखमा हुने निर्वाचनबाट विजयी हुने दाबी समेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *