समाचार

आपसमा दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल एक ‌‌आपसमा ठोक्किदा शनिबार तीन जनाको मृत्यु भएको छ ।


पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षका सन्दीप यादव र २८ वर्षका बुच्चु भन्ने रंजित यादव छन् । गम्भीर घाइते उनीहरूलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा लगिएको थियो । चिकित्सकले उनीहरूलाई तत्काल मृत घोषित गरेको प्रवक्ता काफ्लेको भनाइ छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *