खेलकुद

उपाधि जित्न पीएसजीले अर्को खेल कुर्नुपर्ने

काठमाडौं । फ्रेन्च लिग वान फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई ३-० अन्तरले पराजित गरेको छ ।

पीएसजीको जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले १-१ गोल गरे । खेलमा चोटका कारण स्टार खेलाडीद्वय लियोनल मेस्सी र नेयमारले विश्राम पाएका थिए ।

यसै खेलमा उपाधि चुम्ने लक्ष्य बनाएको पीएसजीका लागि अर्को खेल कुर्नु पर्ने भएको छ । दोस्रो स्थानको मार्सेलीले बुधबार राति नै जित निकालेपछी पीएसजीले अर्को खेल कुर्नुपर्ने भएको हो ।

जितसँगै पीएसजीले ३३ खेलबाट ७७ अंक बनाएको छ । मार्सेलीको ६२ अंक छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *