समाचार

विदेशमा अध्ययनको लागिमात्रै बार्षिक तीन खर्ब बाहिरिने रहेछ

काठमाडौँ ।वार्षिक लाखौं नेपाली युवा अध्ययनका लागि जापान, अस्ट्रेलिया, क्यानडा लगाएत मुलुकहरूमा जाने गरेका छन् ।

देशभित्र उत्कृष्ट शौक्षिक संस्था र कार्यक्रम नभएर उनीहरू विदेशिएका हुन ? यसरी युवाहरू विदेशमा पढ्न जादा बार्षिक तीन खर्ब भन्दा बढी रकम विदेशिने गरेको डरलाग्दो तथ्यांक पनि बाहिरिएको छ । विदेशमा पढ्न गएका युवाको अवस्था के छ भन्नेमा राज्य वेखबर जस्तै नै छ । स्वदेशमै युवा पुस्तालाई राख्न सरकारसंग कुनै योजना नै छ ।

नेपालमा एघारवटा विश्वविद्यालय तथा अन्य पनि दर्जनौ भरपर्दा शौक्षिक संस्थाहरू भए पनि नेपालबाट विदेशमा पढ्नकै लागि जानेहरूको लहरनै चल्ने गरेको छ । अहिलेपनि दैनिक एकहजार भन्दा बढीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर ‘एनओसी’ लिने गरेको तथ्यांक छ । दैनिक सयौंको संख्यामा युवाहरू त्रिभूवन अन्तराष्ट्रिय विमानस्थिलबाट विदेश अडिरहेका छन् । जुन चानचुने विषय पक्कै होइन । दैनिक सयौंको संख्यामा युवाहरू पढ्नका लागि बिदेश हानिदा बार्षिक तीन खर्ब नेपाली रुपैया विदेशिने डरलाग्दो तथ्यांक पनि बाहिरिएको छ ।

त्यस्तै अध्ययनका लागि विदेश गएका मध्य ६० प्रतिशतले पढाइ पुरा नगर्ने गरेको पाईएको छ । मात्र १० देखि २० प्रतिशत युवाहरू पढ्नकै लागि विदेशिने गरेको पाईएको हो । यस्तो डरलाग्दो ग्राफ आईरहदाँ पनि सरकारले त्यसबारे कुनै कदम चालिरहेको छैन् । अन्तत्ः युवाहरू मोटो खर्च गरेर पढ्न भन्दा पनि पैसा कमाउन र विदेशमा गएर पनि पढ्नका लागि मोटो रकम खर्च गर्ने गरेका छन् । जुन अपलब्धि शुन्य बराबर छ । आखिर किन ?

पछिल्लो समय एक विद्यार्थी बराबर ३० देखि ४० लाख रुपैयाँ विदेश लैजदा वार्षिक तीन खर्ब भन्दा बढी रकम विदेशिने गरेको हिसान अध्यक्ष रमेश कुमार सिलवालको हिसाब छ । उनले विदेशमा पढ्न गएका मध्य ४० प्रतिशत विद्यार्थीले मात्रै पढाइ पुरा गर्ने गरेको दावि समेत गरे ।

पछिल्लो समय लाखौं नेपाली युवा अध्ययनको लागि भनेर विदेश जाने गरे पनि मूलत रोजगारीकै लागि गएका हुन् । स्वदेशमा रोजगारीको राम्रो अबसर नहुँदा उनीहरूको रोजाई अमेरिका सहित युरोपेलि मुलुक पर्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *