काठमाडौँ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रुसले गरेको रकेट आक्रमणमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
पूर्वी युक्रेनको क्रमाटोर्स्कको एक व्यस्त रेल स्टेशनमा भएको रुसी रकेट आक्रमणमा अहिलेसम्म ३९ जनाको मृत्यु भएको सो राज्यका गभर्नरले जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।
सो आक्रमणमा ८७ जना घाइते भएको उनले जानकारी दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
रुसले युक्रेनको राजधानी किभ छोडेर पूर्वी क्षेत्रमा आफ्नो ध्यानकेन्द्रित गरेपछिको यो ठुलो आक्रमण भएको बताइएको छ ।




