समाचार

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ।

बैठकमा स्थानीय तहको चुनाव गर्ने गठबन्धनको मोडालिटी र अन्य विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *