काठमाडौं।निर्वाचन आचारसंहिताका सन्दर्भमा निर्वाचन आयोगले भूल सुधार गरेको छ।
आयोगले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै भूल सुधार गरेको हो। निर्वाचन आचारसंहिता २०७८ को दफा ३० को उपदफा (१) को खण्ड (ख) मा ‘प्रमुख प्रशासकीय अधिकृत’ हुनुपर्नेमा अन्यथा भएकोले भूल सुधार गरिए आयोगले राजपत्रमा उल्लेख गरेको छ।
यो दफामा स्थानीय तह आचारसंहिता अनुगमन समिति गठनको व्यवस्था गरिएको छ। जसको सदस्यमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको ‘प्रमुख प्रशासकीय अधिकृत’ हुनुपर्नेमा ‘प्रमुख कार्यकारी अधिकृत’ उल्लेख छ।
आयोगले राजपत्रमार्फत यही विषयमा भूल सुधार गरेको हो।





