समाचार

दैनिक उपभाेग्य वस्तुकाे आपूर्तिमा देखिएको समस्या समाधान गर्छु : मन्त्री बडू

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले चूनौतीपूर्ण रहेको आपूर्ति व्यवस्थाको समस्यालाई गम्भीर भएर समधान गर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री बडूले खाद्यान्न देखि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई समाधान गर्ने बताएका छन् ।

यसका लाग अल्पकालीन र दीर्घकालीन योजना बनाएर समाधानको प्रयास खोजिने र सरोकारवालासँग छलफल गरिने उनले बताए । उनले थप मूल्यवृद्धिको भार जनतालाई नपार्ने गरि देखिएका समस्याको समाधान खोजिने उल्लेख गरे ।

प्रधान मन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मन्त्री बडूलाई नयाँ जिम्मेवारी दिएका हुन् । यसअघि उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *