राजनीति

तालमेलबारे २६ गतेभित्र निर्णय लिन जिल्लास्थित संयन्त्रलाई निर्देशन

काठमाडाैँ । केन्द्रीय निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे चैत २६ गतेसम्ममा निर्णय लिन जिल्लास्थित संयन्त्रहरूलाई निर्देशन दिएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलकाे नेतृत्वमा गठित समितिकाे आज बसेकाे पहिलाे बैठकले यस्ताे निर्देशन दिएकाे हाे ।

यसअघि गठबन्धनले २२ गतेसम्म तालमेलबारे वस्तुस्थिति बुझ्न निर्देशन दिएकाे थियाे । यहीअनुसार पुन: २६ गतेसम्ममा निर्णय पठाउन समय दिइएकाे समितिले जनाएकाे छ ।

धेरैजसाे जिल्लाहरूमा तालमेलबारे छलफलसमेत सकिसकिएकाे रिपाेर्टीङ्ग बैठकमा भएकाे थियाे । एक नेताले भनेअनुसार पालिकास्तरमा भागबन्डा नै भइसकेकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *