जलश्रोत/उर्जा

उद्योगी व्यवसायीले १२ घण्टा लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरे : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीले १२ घण्टासम्म लोडसेडिङ भयो भनेर राजनीतिक कुरा गरेकाे बताएका छन् ।

ऊर्जा मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले तत्कालका लागि भएको विद्युत आपूर्तिको समस्यालाई उद्योगी व्यवसायीले राजनीतिक रूप दिएकाे बताएका हुन् ।

उनले भने, ‘तत्कालका लागि समस्या आएको थियो । त्यो पनि हामीले १/२ दिन भित्रै समाधान गरिसकेका थियौँ । तर वर्षौंको समस्या जस्तो गरी विज्ञप्ति निकाले । यसमा उद्योगी व्यवसायीले राजनीतिक कुरा गरे ।’

त्यस्तै, उनले देशमा अहिले कुनै किसिमकाे लाेडसेडिङ नभएकाे दाबी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *