राजनीति

केही स्वार्थी मान्छेले केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए: केपी ओली 

वीरगञ्ज । एमाले अध्यक्ष केपी ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् । 

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् । 

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’ 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *