विश्व

मलेसियाका राजा-रानी कोरोनाबाट सङ्क्रमित

क्वालालम्पुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह र रानीलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको दरबारका अधिकारीले शनिबार पुष्टि गरेका छन्। उनीहरूमा हल्का लक्षणहरू देखिएको छ।

शाही दम्पती अहिले आइसोलसनमा छन् । शुक्रबार मध्यरातसम्म १७,४७६ नयाँ कोभिड–१९ सङ्क्रमण देखिएपछि राष्ट्रिय कुल सङ्ख्या ४,२१९,३९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै थप ३० जनाको मृत्यु भइसकेको छ, जसले देशको कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३५,०१३ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *