समाचार

नेपाल बार एसोसिएसनको मत परिणाम आउन तीन दिन लाग्ने

काठमाडौँ । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको निर्वाचनको मत परिणाम आउन ३ दिन लाग्ने भएको छ ।

निर्वाचन समितिका अनुसार मतदान सम्पन्न भइसकेपछि देशभरका मतपेटिकाहरू काठमाडौँमा ल्याइनेछ । त्यसपछि मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब ३ दिन लाग्ने अनुमान गरिएको छ

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिवार देशभरका बार इकाईहरूमा मतदान भइरहेको छ ।

काठमाडौँसहित देशका विभिन्न भागमा रहेका ३५ वटा स्थानबाट नेपाल बार एशोसिएशनको २६ औँ केन्द्रीय कार्य समिति चयनका लागि मतदान भइरहेको हो ।

बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यहरूसहित २५ जनाको कार्य समिति चयन हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *