राजनीति

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

गण्डकी । ‘घरघर जाऔं काँग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन् ।

प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो ।

खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेशसभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए। प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उनले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

स्याङजा को प्रदेश २ ९ख०का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पार्टीको उत्साह थपिएको बताए । प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणवावु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताए । प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *