समाचार

परीक्षा केन्द्रबाट एमबिबिएसका चार नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ र भक्तपुरका परीक्षा केन्द्रबाट एमबिबिएसका ४ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले आज (शुक्रबार) अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो ।

भक्तपुर र काठमाडौँका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले नक्कली परीक्षार्थीविरुद्धको अपरेसन जारी रहेको बताए ।

‘केही नक्कली परीक्षार्थी पक्राउ परेका छन्, अनुसन्धान टोली फिल्डमै भएकोले थप विवरण केही बेरपछि सार्वजनिक गर्नेछौँ, उनले भने ।

शुक्रबारबाट एमबिबिएस परीक्षा सुरु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *