देश

काँग्रेसको कार्यबाहक सभापति खड्का

काठमाडौं ।नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि खड्का कार्यबाहक तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम देउवा स्वदेश नफर्कुञ्जेल सम्मका लागि खड्काले उक्त जिम्मेवारी निभाउनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *