समाचार

म्यादी प्रहरीमा लगाइदिन्छु भनी ठगी गर्ने एक युवक पक्राउ

सप्तरी । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डल रहेका छन् ।

म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरिसकेका विभिन्न व्यक्तिलाई भर्ना गराइदिन्छु भन्दै ललाइफकाई प्रलोभनमा पारी रकम लिने गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *