मुख्य समाचार

गठबन्धनमा एमाले उपाध्यक्ष नेम्वाङकाे टिप्पणी

काठमाडाैं। नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा बिहीबार नेम्वाङले यहीलेको व्यवस्थामा कुनै दलले बहुमत ल्याउन निकै अफ्ठेरो भएकाले गठबन्धन स्वभाविक रहेको बताए ।

तर, गठबन्धन गर्दा लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा भएन भने पछि दुख पाइने उनले बताए ।

‘गठबन्धनका कुराहरु आउछन् । हाम्रो स्पष्ट दृष्टिकोण छ, लाेकतन्त्रकाे मूल्य र मान्यताका आधारमा हुनुपर्छ । त्यो भएको छ छैन, त्यतातिर म टिप्पणी  गर्दिन,’ उनले भने, ‘पछि सम्बन्धित मित्रहरुले दुख पाउनुहुन्छ ।’

उनले प्रतिस्पर्धाका बाबजुत सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *