विश्व

विश्व बैंकले अफगानिस्तानको ६० करोड डलरका चार परियोजना किन रोक्यो ?

काठमाडौँ । विश्व बैंकले अफगानिस्तानमा आफ्ना ६० करोड डलरका चारवटा परियोजना रोकेको छ । विश्व बैंकको यो निर्णय तालिबान सरकारको छात्रालाई विद्यालय जान रोक्ने कदमपछि आएको हो ।

तालिबानले गत साता आफैले यस अघि घोषणा गरे विपरित छात्राहरूलाई माध्यमिक विद्यालय जान रोकेको थियो । विश्व बैंकका यी चार परियोजना शिक्षा, स्वास्थ्य र कृषि सुधारसँग सम्बन्धित थिए ।

विश्व बैंकले यसअघि संस्थाको सहयोगमा युवती र महिलाको सहभागिता सुनिश्चित गर्न सो रकम दिने बताएको थियो । तर गत हप्ता, तालिबानले आफ्नै निर्णय परिवर्तन गर्‍यो र छात्राहरूलाई माध्यमिक विद्यालयमा जान प्रतिबन्ध लगाएको थियो ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि नै छात्राहरूलाई केही महिनादेखि माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको छ । तर तालिबानले विद्यालय यहि सातादेखि खोल्ने बताएको थियो । तालिबानले अब छात्राहरुको पोसाकमा निर्णय गरेपछि मात्र उनीहरुका लागि विद्यालय खोलिने बताएको छ । तालिबानले छात्राहरूलाई शरिया कानून र अफगान परम्परा अनुसार पहिरन लगाउनु पर्ने बताएको छ ।

तालिवानको यो निर्णयपछि अन्तर्राष्ट्रिय स्तरमा निकै आलोचना भएको थियो । जसको परिणामस्वरूप विश्व वैंकले तत्कालका लागि ६० करोड डलरका चार योजना रोकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *