समाचार

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । संसदीय सुनुवाई समितिको मंगलबार बसेको बैठकले श्रेष्ठको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संविधानको धारा १२९ को उपधारा २ मा सर्वोच्च अदालतको न्यायाधीश न्याय परिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *