काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले देशभर राजनीतिक हलचल ल्याएको बताएका छन् । अभियानअन्तर्गत थानकोटमा चन्द्रागिरि नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन् ।
कांग्रेसको प्रतिस्पर्धा कम्युनिस्ट पार्टीसँग हुने भएकाले शालीन रूपमा प्रतिस्पर्धामा खरो उत्रनुपर्ने उनले बताए । ०४६ को परिवर्तनपछि मुलुकको विकास जसरी हुनुपर्नेमा त्योअनुसार हुन नसक्नुको मुख्य बाधक नेकपा एमाले भएको उनको आरोप छ । नेता सिंहले नारा दिने, तर काम नगर्ने पार्टी कम्युनिस्ट भएको कुरा लिएर जनतामा जानुपर्ने धारणा राखे ।




