शिक्षा / स्वास्थ्य

नेपालमा पहिलो पटक आइपुग्यो ४० लाख मात्रा साइनोभ्याक खोप

काठमाडौं । नेपालमा पहिलो पटक चीनबाट ४० लाख मात्रा साइनोभ्याक खोप आएको छ । स्वास्थ्य सेवा विभागका अनुसार चीन सरकारको अनुदानमा शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले साइनोभ्याक खोप प्राप्त भएको जानकारी दिए ।

यो खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने बताइएको छ । यो खोप चीनको यसअघिको खोप भेरोसेल जस्तै दुई डोज लगाउनु पर्ने खोप हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । भेरोसेल खोप चीनबाट अनुदान र नेपाल सरकारले खरिद गरेर ल्याएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *