समाचार

बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका पुगे परराष्ट्रमन्त्री खड्का

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री नारायण खड्का श्रीलंका पुगेका छन् ।

औपचारिक रुपमा बुधबारबाट सुरु हुने बिमस्टेक सम्मेलन उद्घा‍टन अघि मंगलबार आयोजना गरिएको विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुनका लागि मन्त्री खडका कोलोम्बो पुगेका हुन् । उनी बिहीबार स्वदेश फर्कने बताइएकाे छ ।

बिम्सटेकमा नेपालसहित भारत, श्रीलंका बंगलादेश, भुटान, म्यानमार र थाइल्यान्ड सदस्यको रुपमा छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल रुपमा सम्बाेधन गर्ने उक्त सम्मेलनको अध्यक्षता श्रीलंकाले गर्नेछ । बिम्सटेकको पछिल्लो सम्मेलन सन २०१८ मा नेपालमा सम्पन्न भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *