समाचार

काठमाडौँबाट ४६ दलले स्थानीय चुनाव लड्ने

काठमाडौँ । काठमाडौँ जिल्लाका स्थानीय तहमा ४६ वटा राजनीतिक दलले चुनाव लड्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा काठमाडौँबाट ४६ दलले दलीय चुनाव चिन्हसहित चुनाव लड्ने भएका हुन् ।

दलीय सङ्ख्याको हिसाबले काठमाडौँमा सबैभन्दा बढी राजनीतिक दलहरूले चुनाव लड्ने भएका छन् ।

साना दलहरूलाई पनि दलीय चुनाव चिन्ह दिने भएपछि काठमाडौँबाट ४६ दलले दलीय चुनाव चिन्हसहित उम्मेदवार उठाउन पाउने भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *