समाचार

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *